१ लाख ५० हजार घुससहित दुई वडा सदस्य पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१ लाख ५० हजार घुससहित दुई वडा सदस्य पक्राउ


२९ कार्तिक २०७८, सोमबार


घुस

जनकपुरधाम । सर्लाहीका दुई जना जनप्रतिनिधि घुस रकमसहित पक्राउ परेका छन्। जिल्लाको ईश्वरपुर नगरपालिकाका २ जना वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय रहेको आयोगले जनाएको छ। 

उपभोक्ता समितिलाई ढलानसम्बन्धी काम सम्पन्न भएको सिफारिस गर्न १ लाख ५० हजार रुपैयाँ लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले दुवै जना जनप्रतिनिधिलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस