१७ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ


२९ कार्तिक २०७८, सोमबार


पक्राउ

काठमाडौँ । उदयपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदीका २३ वर्षीय गोपाल विक रहेका छन् । उनलाई हिजो (आइतबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका–११ मा गत शुक्रबार जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय, कटारीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस