प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शनमा उत्रिएका २० जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शनमा उत्रिएका २० जना पक्राउ


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका २० जना पक्राउ परेका छन्।

तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर प्रदर्शनमा उत्रिएका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपालबारसहित कानुन व्यवसायी जबराको विरोधमा उत्रिएपछि जबराको समर्थकले पनि प्रदर्शन जारी राखेका छन्।

वर्षौंदेखि थाति रहेका मुद्दाको सुनुवाइ नहुँदा सेवाग्राही मर्कामा परेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। जनताको अदालत नियमित सञ्चालन हुनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस