ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रदेश ३-१०२२-च९६९४ नम्बरको जिप दुर्घटनामा परेको बताइएको छ ।

सुनकोसी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७:३० बजेतिर जिप दुर्घटनामा परेको हो। जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, १३ जना घाइते छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाले उनीहररुको लागि हेलिकप्टर मगाइएको छ । घाइतेहरूलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको सनाखत भने भइसकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस