२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रदेशसभामा दर्ता गरे प्रस्ताव

अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्।

दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दिप राईमार्फत आज प्रस्ताव दर्ता गराएका हुन्।

मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरिएको मुख्यमन्त्री राईका स्वकीय सचिव राईले जानकारी दिए।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए।

मंगलबार विश्वासको मत लिएपछि मात्रै उनले सरकार विस्तार गर्ने अभिव्यक्ति दिँदै आइरहेका छन्।

९३ जना प्रदेशसभा सदस्य (हाल ९२) रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

सत्ता पक्षीय गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद छन्।

प्रदेश १ को प्रतिपक्षमा एमालेका ४० र राप्रपाका एक जना सांसद छन्।