मुस्ताङ हिमपहिरो अपडेट : घाइते हुनेको सङ्ख्या ११ पुग्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुस्ताङ हिमपहिरो अपडेट : घाइते हुनेको सङ्ख्या ११ पुग्यो


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आज (आइतबार) गएको हिमपहिरोबाट घाइते हुनेको सङ्ख्या ११ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार आइतबार करिब ११ बजे धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठुलो हिमपहिरो थासाङ गाउँपालिका—२ कोबाङसम्म आइपुगेको हो ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार हिमपहिरो आएको थाहा पाएपछि त्यसभन्दा तल रहेका बस्ती तथा विद्यालयमा भागदौड मच्चिँदा​कोबाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन् ।

‘म अहिले स्पटमा नै छु, अहिलेका लागि त पहिरो रोकिएको छ तर आधाजस्तो भाग अड्किएका कारण फेरि पनि आउन सक्ने जोखिम छ । तर पहिरोको रुटमा बस्ती वा विद्यालय नभएकाले डर मानिहाल्नुपर्ने अवस्था भने छैन,’ उनले भने, ‘बरु भागदौडका क्रममा विद्यालयमा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको छ ।’

प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो ।

झन्डै आधा घण्टासम्म बगेको पहिरोले हिउँका चट्टान उर्लिएर तलसम्म खस्दा पहिरोले भेटेका जति सबै रुख बिरुवा समेत सखाप भएका छन् ।

सम्बन्धित समाचार : मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो, भागदौडमा ९ घाइते

Tags :
प्रतिक्रिया दिनुहोस