मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो, भागदौडमा ९ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो, भागदौडमा ९ घाइते


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आज (आइतबार) दिउँसो मानापाथी हिमालबाट ठुलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले जानकारी दिए ।

हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डिएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दै छ, विवरण आएको छैन ।’

भागदौडमा ९ जनाको मृत्यु

हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् ।

हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डिएसपी दानीले जानकारी दिए ।

नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस