सर्वोच्चमा आज १० इजलास तोकियो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सर्वोच्चमा आज १० इजलास तोकियो


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतमा (आज) आइतबार १० वटा इजलास तोकिएको छ।

आजको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन्।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आज पनि सर्वोच्चको मूल ढोकामा धर्ना दिइरहेको छ।

बारले बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ।

सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने घोषणा गरे पनि आज पनि विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस