प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने बारको तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने बारको तयारी


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिन नेपाल बार एसोसिएसनले तयारी गरेको छ ।

जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर जबरा अर्को गेटबाट सर्वोच्च छिरेका थिए ।

अदालत भवन र नेपाल बार एसोसिएसन भवनबीच सानो गेट छ । सर्वोच्च प्रवेश गर्न कानुन व्यवसायीले प्रयोग गर्ने उक्त गेटलाई शुक्रबार सर्वोच्च प्रशासनले बन्द गरिदिएको थियो ।

आइतबार (आज) बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिइने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस