२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्रविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ : अर्थमन्त्री शर्मा

अ+ अ-

कास्की । अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिनसमेत आह्वान गरे ।

सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उनले भने, ‘सकारात्मक कुरालाई प्रेसले स्थापित गर्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक जीवनमा देखिने लोकतन्त्र विरुद्धका कार्यमा समेत तपाईँहरू बोल्नुपर्दछ । बचनले होइन कर्मले लोकतन्त्रको सेवा गर्नुपर्दछ । काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिने कुरा महत्वपूर्ण हुन्छ ।’

मन्त्री शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउन पत्रकारलाई आग्रह गर्दै अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्नसमेत अपिल गरे । समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै उनले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनतासहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले प्रेस सेन्टरले जनताको आवाजहरूमा रमाउने र स्थापित हुने कार्यदिशा तय गर्नसमेत सुझाव दिए । लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चार संस्थाले प्राप्त गर्ने गरी व्यवस्थित गरिने जानकारी दिँदै उनले अनलाइन सञ्चारमाध्यमको मूल्याङ्कनका लागि प्रेस काउन्सिललाई आग्रह गरिएको र सोपछि अनलाइनलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने बताए ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री हितराज पाण्डेले क्रान्तिकारी पत्रकारले जनताको आवाज बोल्नुपर्ने र कलम चलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्र गण्डकीका सचिव देवेन्द्र पराजुली, प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, प्रेस सेन्टरका प्रदेश इन्चार्ज एवं पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, प्रेस चौतारी गण्डकीका संयोजक सुष्मा पौडेल, समाजवादी प्रेस सङ्गठनका नेता एवं पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, सहसंयोजक दीपक श्रेष्ठ, प्रदेशका नेता सन्तोष गौतमलगायतले संवैधानिक व्यवस्थाअनुसार प्रेसलाई स्वतन्त्रता दिन माग गरेका थिए।

कार्यक्रममा प्रेस सेन्टरका संस्थापक एवं पूर्व अध्यक्षद्वय लोकप्रसाद (एलपी)बञ्जारा र त्रिभुवन पौडेललाई जनपक्षीय पत्रकारिता र सङ्गठनको वृत्ति विकासमा योगदान पुर्‍याएकामा प्रशंसापत्रबाट सम्मानित गरिएको थियो । अधिवेशनले आगामी दुई वर्षका लागि प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।