नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

आज (शुक्रबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन्।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिस्टमबारे जानकारी गराएका थिए।

एमालेको सो राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदै छ।

महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन्। त्यसका लागि भोलि (शनिबार) देशभर प्रतिनिधि चयन हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस