काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न नेपाल बार एशोसिएसनले आइतबार पनि धर्ना दिने भएको छ ।
बारको आह्वानमा कानुन व्यवसायीहरुले आज (शुक्रबार) सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।
धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताएका हुन् ।
आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनले बताए ।
आइतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै श्रेष्ठले भने, ‘हामी सर्वोच्च अदालतको प्राङ्गणमा धर्ना दिन्छौँ ।’