प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने पाँच जना सर्वोच्चबाट पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने पाँच जना सर्वोच्चबाट पक्राउ


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट पाँच जना पक्राउ परेका छन् । ‘आन्दोलनमा भाँजो हाल्न आएका बिचौलिया’ भन्दै बारका वकिलहरू आक्रमणमा उत्रिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चार महिला र एक पुरुष रहेका छन् । उनीहरू प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका पक्षधर ‘अभियन्ता’ भएको बुझिएको छ । बारका वकिलहरूले प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा बन्देज लगाउने तयारी गरिरहँदा उनीहरू त्यहाँ आएर प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए ।

‘कालोकोटे मुर्दावाद’, ‘प्रधानन्यायाधीश जिन्दाबाद’ जस्ता नारा लगाएपछि आन्दोलित वकिलहरू आक्रमणमा तम्सिएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस