सर्वोच्च अदालतको भित्री गेट बन्द, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्वोच्च अदालतको भित्री गेट बन्द, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आऊ–जाऊ गर्ने भित्री ढोका बन्द गरिएको छ । यसअघि कानुन व्यवसायीहरु नेपाल बार तर्फको गेटबाट सर्वोच्च अदालत आऊ–जाऊ गर्दै आएका थिए ।

सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दङ्गा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित छन् ।

भित्री ढोका बन्द भएकाले अब आन्दोलनरत कानुन व्यवसायीहरुले सिंहदरबार पश्चिम गेट–माइतीघर खण्डको सडक प्रयोग गरेर सर्वोच्च अदालतमा धर्ना दिनुपर्ने छ । तर सो सडक खण्डमा निषेधाज्ञा जारी गरिएकाले त्यहाँ धर्ना प्रदर्शन लगायतका गतिविधि गर्न पाइँदैन ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस