कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतसहित निर्देशक र डीनलाई स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।

प्रतिष्ठानमा हस्तक्षेप भएको भन्दै कर्मचारीले सङ्घर्षका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिएका छन् ।

पदाधिकारीलाई कामकाजमा रोक लगाउँदा एमबिबिएस, बिएनएस, बिफार्मा लगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा समस्या आउने भन्दै कर्मचारीले मन्त्रालयको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

समयमै माग सम्बोधन नभए प्रतिष्ठानको सम्पूर्ण टिम सङ्घर्षका कार्यक्रमसहित आन्दोलनमा जाने कर्मचारीले चेतावनी दिएका छन् ।

प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाजमा रोक लगाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस