बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने


२५ कार्तिक २०७८, बिहिबार


हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थप गर्दै छन् ।

माओवादी केन्द्रका तर्फबाट शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र काँग्रेसका निमा लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुहुने काँग्रेसका एक प्रदेश सभाका सदस्यले जानकारी दिए ।

मन्त्रीमा नियुक्तसँगै साँझ ५ बजे सपथग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस