प्रधानन्यायाधीशले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई बारको अनुरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई बारको अनुरोध


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई अनुरोध गरेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत एशोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन अनुरोध गरेको हो ।

पत्रमा ‘न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न’ अनुरोध गरिएको छ । बैठकबाट प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका रहेको एशोसिएसनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस