धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ


२४ कार्तिक २०७८, बुधबार


धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् ।

साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ ।

यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस