अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा !


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

सो क्षेत्रमा गणकहरूको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

‘परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा फिजिकल्ली गर्छौ, त्यो गर्न नसके अन्य स्रोतमा आधारित रहेर गरेको प्रक्षेपणमा ७ देखि ८ सय जनसङ्ख्या रहेको अनुमान छ, स्याटलाइटको प्रयोग, घर गनेर र औसत निकालेर अनुमान गर्न सक्छौँ’ उनले भने

उनका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्ने विभिन्न विकल्पका रूपमा छलफल भइरहेको छ । ‘विकल्प तीन चार वटा छन्, हाम्रो भूमिमा भारतीय सेनाले हामीलाई छिर्न दिँदैन, कि सेनालाई लगेर(जनगणना) गराउने, जुन सम्भव छैन, दोस्रोमा केही नगर्ने, तेस्रो, कूटनीतिक पहल भइरहेको छ’ उनले भने ।

भोलिदेखि राष्ट्रिय जनगणना सुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस