अफगानिस्तानलाई सुरक्षा सहयोग गर्ने इरानको प्रस्ताव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अफगानिस्तानलाई सुरक्षा सहयोग गर्ने इरानको प्रस्ताव


२४ कार्तिक २०७८, बुधबार


तेहरान । इरानले अफगानिस्तानको सुरक्षामा सहयोग गर्ने प्रस्ताव गरेको छ । इरानका एक जना सुरक्षा अधिकारीले सो प्रस्ताव गरेका हुन् ।

उनले अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भएपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर भएको हुनसक्ने भन्दै यस्तो अवस्थामा इरानले सहयोग गर्न सक्ने बताएका हुन् ।

उनले खासमा पछिल्लो समयको अफगानिस्तानको सुरक्षा अवस्थाको बारेमा मध्यनजर गर्दै इरान र अफगानिस्तानले संयुक्त रुपमा सुरक्षा अपनाउन सकिने प्रस्ताव गरेका समाचारमा जनाइएको छ ।

इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि सामखानीले सो प्रस्ताव गरेका हुन् ।

उनले भनेका छन् हालको अफगानिस्तानको सुरक्षा अवस्था नाजुक छ त्यसैले यस्तो अवस्थामा इरान र अफगानिस्तान मिलेर संयुक्त रुपमा सुरक्षा व्यवस्था मिलाउनुपर्छ ।

उनी भारतमा बुधबारदेखि सुरु हुने अफगानिस्तानसमेतको क्षेत्रीय सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुन भारत गएका छन् । त्यसअघि उनले सो कुरा बताएका हुन्।

उनले भारतमा हुन लागेको सो सुरक्षा बैठकमा सहभागिताका लागि पनि अफगानिस्तानलाई आग्रह गरेका छन् । उनले सो बैठकमा सहभागी भएर अफगानिस्तानको अहिलेको अवस्था र यहाँका चुनौतीका बारेमा आफ्ना कुरा राख्न आग्रह पनि गरेका छन्।

हाल अफगानिस्तानमा तालिबानहरुको अन्तरिम सरकार रहेको छ । अमेरिकी सेनाको नेतृत्वको सरकारलाई अपदस्थ गरेर यहाँका तालिबानहरुले केही समय अघि सत्ता कब्जा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस