राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् ।

कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस