मोतिपुर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोतिपुर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय


२३ कार्तिक २०७८, मंगलबार


काठमाडैँ। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस