प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन् : अध्यक्ष श्रेष्ठ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन् : अध्यक्ष श्रेष्ठ


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए ।

‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए ।

उनले प्रधानन्यायाधीशको अभिव्यक्तिले न्यायालयको चीरहरण भएको बताए । ‘अब १९ जनाले न्यायाधीशले इन्क्वाइरी कमिटी बनाउनुहोस्,’ उनले भने ।

अहिले न्यायाधीशहरू पनि आन्दोलनरत भएकाले के आधारमा आन्दोलनमा लागेको हो त्यसका सबै कारणहरू अब सार्वजनिक गर्नुपर्ने उनले बताए ।

न्यायालयमा यस्तो हुँदा पनि सत्ता गठबन्धन मौन बसेकोमा अब प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस