प्रधानसेनापति शर्मा भारत प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति शर्मा भारत प्रस्थान


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रधानसेनापति शर्मा भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामा चार दिने भारत भ्रमणमा गएका हुन् ।

प्रधान सेनापतिसहित ९ सदस्यीय टोली भारत भ्रमणमा गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस