प्रधानसेनापति शर्मा आज भारत जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति शर्मा आज भारत जाँदै


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आज (मंगलबार) छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् ।

भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामा चार दिने भ्रमणका लागि प्रधानसेनापति शर्मा भारत जाने भएका हुन् ।

प्रधानसेनापति शर्मा यही कात्तिक २६ गतेसम्म नेपाल फर्कने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापति शर्मा इन्डोनेसियाद्वारा निर्मित सेनाकै विमानबाट मंगलबार बिहानै दिल्ली जाँदै छन् ।

सेनापति शर्माको भारत भ्रमण टोलीमा बढीमा १५ सदस्य रहने बताइएको छ । तीमध्ये धेरैजसो सेनापतिको सचिवालयका सदस्य रहने छन् ।

प्रधान सेनापति शर्माले भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस