Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भूमि आयोगका चार सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


२२ कार्तिक २०७८, सोमबार



काठमाडौँ । राष्ट्रिय भूमि आयोगका चार सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा मन्त्रालयमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग नवनियुक्त सदस्यहरु राघोराय यादव (रौतहट), वासुदेव हुमागाईं (काभ्रे), टेकबहादुर शाह (डोटी) र दाताराम खनाल (इलाम)ले शपथ लिएका हुन्।

सो अवसरमा मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको गठनको उद्देश्य एवं संविधानको भावना र मर्मअनुसार काम गर्न आयोग पदाधिकारीलाई निर्देशन दिइन् । आगामी दिनमा फेरि आयोग गठन गर्नुपर्ने तथा भूमिसम्बन्धी विषयमा हात हालिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने ढङ्गले काम गर्न पनि उनले सुझाव दिइन् ।

मन्त्री श्रेष्ठले भनिन्, ‘भूमिहीन दलित, भूमिहीन र सुकुम्बासीको समस्या समाधान होस् भन्ने सोचका साथ मन्त्रालयले कार्ययोजना तर्जुमा गरी दिशा निर्देशित गरेकाले सोही अनुसार व्यवहारमा देखिने र नागरिकले अनुभूति पाउने ढङ्गबाट काम होस् ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्न आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे । आयोगका अध्यक्ष निरौलाले सरकार र मन्त्रालयबाट आएको मार्गनिर्देशनलाई इमान्दार भएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जनतालाई भूमिहीनताको अवस्थाबाट अन्त्य गर्न सरकार र मन्त्रालयको चाहनाअनुसार काम गरेर अगाडि बढ्ने बताए । नवनियुक्त सदस्य दाताराम खनालले भूमिहीनताको समस्या जटिल रहेको हुँदा समस्या समाधानका लागि ठोस परिणाम देखिने गरी काम गर्ने दृढता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस