पर्यटन बोर्डका सीईओ रेग्मीसँग तीन दिने स्पष्टीकरण माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पर्यटन बोर्डका सीईओ रेग्मीसँग तीन दिने स्पष्टीकरण माग


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धनञ्जय रेग्मीसँग तीन दिने लिखित स्पष्टीकरण माग गरेको छ ।

सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिवार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे बुझेसँगै उनीसँग के कस्तो भएको हो भन्दै स्पष्टीकरण मागेको हो । सो क्रममा दुर्व्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँगसमेत टेलिफोनमा कुराकानी गरिएको छ ।

दुवै पक्षसँग कुराकानी गरेसँगै मन्त्री आलेले बोर्डका सीईओ डा. रेग्मीसँग लिखित स्पष्टीकरण माग गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार : पर्यटन बोर्डका सीईओ रेग्मीसँग लिखित स्पष्टीकरण मागिने

बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले आज नै लिखित स्पष्टीकरण पत्र काटेका हुन् । मन्त्री–सचिवलाई नै जोडेको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीन दिन भित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको ती स्रोतले प्रशासनलाई जानकारी गराए ।

लन्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर फर्किएका डा. रेग्मीबाट तोकिएको परिमाण भन्दा धेरै ल्याएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले ४ बोतल रक्सी जफत गर्नुका साथै कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

सम्बन्धित समाचार : पर्यटन बोर्डका सीईओको रक्सी जफत, पाँच हजार जरिवाना

Tags :
प्रतिक्रिया दिनुहोस