पर्यटन बोर्डका सीईओ रेग्मीसँग लिखित स्पष्टीकरण मागिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्यटन बोर्डका सीईओ रेग्मीसँग लिखित स्पष्टीकरण मागिने


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धनञ्जय रेग्मीसँग स्पष्टीकरण माग्ने भएको छ । 

आज सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिवार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे जानकारी लिनुका साथै दुर्व्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनमा कुराकानी गरेका थिए । 

दुवै जनासँग कुराकानी गरेसँगै मन्त्रीले मन्त्रालयका सचिव यादव कोइरालालाई बोर्डका सीईओसँग लिखित स्पष्टीकरण माग गर्न निर्देशन दिएको ती स्रोतले प्रशासनलाई जानकारी गराए । 

बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव कोइरालाले आजै लिखित स्पष्टीकरण माग गर्नेछन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस