कार्गो एशोसिएसनका अध्यक्ष बलात्कार आरोपमा पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्गो एशोसिएसनका अध्यक्ष बलात्कार आरोपमा पक्राउ


२२ कार्तिक २०७८, सोमबार


पक्राउ

काठमाडौँ । किशोरीमाथि बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीको जाहेरीका आधारमा अध्यक्ष अधिकारीलाई महानगरीय प्रहरी वृत्त माली गाउँको टोलीले पक्राउ गरेको हो ।

कात्तिक ८ गते किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् ।

जाहेरीको परेको आठ दिनपछि प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

जाहेरी परेपछि मालिगाउँको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, प्रहरी उपरीक्षक बस्नेतले भने ।

अधिकारीलाई मालिगाउँ वृत्तले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस