मंसिर पहिलो सातादेखि मतदाता नामावली सङ्कलन गर्ने तयारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मंसिर पहिलो सातादेखि मतदाता नामावली सङ्कलन गर्ने तयारी


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आउँदो मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ ।

दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हो ।

आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली सङ्कलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ ।

७ सय ५३ स्थानीय तहमा एक महिना मतदाता नामावली सङ्कलन गर्न ११ करोड रुपैयाँ बजेट आवश्यक पर्ने आँकलन गरी तिहारअघि नै बजेट माग गरेर अर्थमा पत्राचार भइसकेको आयोगका सचिव सुरेश अधिकारीले बताए । ‘अर्थबाट सहमति आउने बित्तिकै हरेक स्थानीय तहमा प्राविधिक पठाएर मतदाता नामावली सङ्कलन सुरु गर्छौँ,’ उनले भने ।

आयोगले ७ सय ५३ स्थानीय तहमा मतदाता नामावली सङ्कलन गर्न प्राविधिकलाई एक महिनाका लागि करारमा नियुक्ति गरेर खटाउन लागेको छ ।

मतदाता नामावली सङ्कलन हिमाल र पहाडमा २० दिन चल्नेछ भने तराईमा ३० दिन चल्नेछ । एउटा स्थानीय तहमा कम्तीमा १० दिन र बढीमा १५ दिनसम्म मतदाता नामावली सङ्कलन गरिने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस