जुवाखालबाट समातिएका दोलखाका काँग्रेस सभापति लामालाई सुटुक्क अस्पताल भर्ना « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

जुवाखालबाट समातिएका दोलखाका काँग्रेस सभापति लामालाई सुटुक्क अस्पताल भर्ना


२१ कार्तिक २०७८, आइतबार


काठमाडौँ । जुवा खालबाट पक्राउ परेका नेपाली काँग्रेस, दोलखाका सभापति बर्मा लामालाई सुटुक्क अस्पताल लगिएको छ ।

बिहीबार मध्यराति पक्राउ परेका उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको हो ।

काठमाडौँ प्रहरी परिसर, टेकु स्रोतका अनुसार उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । काँग्रेस नेताहरुको दबाब परेपछि प्रहरीले उनलाई अस्पताल लैजाने व्यवस्था मिलाएको स्रोतले जनाकारी दियो । अस्पतालमा उनलाई उच्च रक्तचापको समस्या भएको भनिएको छ ।

तिहारको सरकारी विदा सोमबार सकिएलगत्तै उनीसहित १८ जनाविरुद्धको जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

उनी पक्राउ परेको खालबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस