गोरखामा एक लाख नगदसहित ९ जना जुवाडे पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

गोरखामा एक लाख नगदसहित ९ जना जुवाडे पक्राउ


१९ कार्तिक २०७८, शुक्रबार


गोरखा । गोरखा नगरपालिका–८ चाइनिजधाराको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर–८ का मन्दीप श्रेष्ठ, विवश केसी, मनोज खत्री, जीवन बिसी, वडा नम्बर ६ का गणेश बराम र शहीद लखन गाउँपालिका–८ का रमेश श्रेष्ठ रहेका छन् ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ का किसान गुरुङ, रौतहटको गरुडा नगरपालिका–२ का फेकु सहनी र महोत्तरीको गौशाला नगरपालिका–७ का भुपेन्द्र शाहलाई पनि पक्राउ गरिएको बताइएको छ ।

जुवाको खालबाट १ लाख १ हजार ८ सय नगद र तास बरामद गरिएको छ । पक्राउ परेकाहरु विरुद्ध जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने कसूर अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस