प्रचण्डजी र मैले एमसीसी पास गर्छौं भनेर साइन गरेरै पठाएका छौं: प्रधानमन्त्री देउवा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रचण्डजी र मैले एमसीसी पास गर्छौं भनेर साइन गरेरै पठाएका छौं: प्रधानमन्त्री देउवा


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको बताएका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत गएका प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेटेका थिए ।

बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग एमसीसी कहिलेसम्म पास हुन्छ भनेर चासो पाएको बताएका थिए ।

आफूले सत्ता साझेदार दलहरुको बीचमा कुराकानी भइरहेको जानकारी गराएको भन्दै उनले भने, ‘छिटै पत्रकार सम्मेलन गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन गरेरै पठाएका छौं ।’

एमसीसीकी डेपुटी सीईओले भने संसदको अधिवेशन किन अन्त्य गरेको त भनेर प्रश्न गरेकी थिइन् । प्रधानमन्त्री देउवाले भने, ‘केही अध्यादेश ल्याउनुपर्ने भएकाले रोकिएको हो । यसले असर पर्दैन भनेँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस