कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही


१८ कार्तिक २०७८, बिहिबार


कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् ।

उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्ला लगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् ।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्धता पनि जनाए ।

उनले भने,’पूर्व मुख्यमन्त्री शाही अहिले काठमाडौँ जानुभएको छ उहाँ काठमाडौँबाट फर्के लगत्तै तिहारपछि नेकपा ९एकीकृत समाजवादी०सँगको समन्वयमा मन्त्रिपरिषद् विस्तार हुनेछ ।’

मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेपाली काँग्रेसबाट एक, नेकपा (माओवादी केन्द्र) बाट चार र नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री बन्ने चर्चा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस