गठबन्धन पुरै समयसम्म रहने प्रधानमन्त्री देउवाको दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धन पुरै समयसम्म रहने प्रधानमन्त्री देउवाको दाबी


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने बताएका छन् ।

उनले आउँदो चुनावसम्मै यही गठबन्धन रहने सङ्केत गरेका छन् ।

‘गठबन्धन पुरै समय रहन्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनमा कुनै किसिमको शङ्का नगर्नुभए हुन्छ ।’

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबिच गठबन्धन छ ।

प्रधानमन्त्री देउवा बेलायत भ्रमण गरी स्वदेश फर्किएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस