अष्ट्रेलिया सरकारलाई छात्रवृत्तिको कोटा बढाउन आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अष्ट्रेलिया सरकारलाई छात्रवृत्तिको कोटा बढाउन आग्रह


१७ कार्तिक २०७८, बुधबार



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टचार भेटवार्ताका क्रममा नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको छ । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे ।

भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् । उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायत सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

राजदूत फेलिसिटीले सन् २०२३ सम्म नेपाललाई १ मिलियन अमेरिकन डलर सहयोग गर्ने बताइन् । उनले नेपाली विद्यार्थीले कोभ्याक्स र एस्ट्राजेनेकाको दोस्रो डोज कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्नु नपर्ने सरकारको नीति रहेको सुनाएकी थिइन् । भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव, मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस