प्रधानन्यायाधीशले अधिवक्ता रेग्मीको रिट पठाए संवैधानिक इजलासमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीशले अधिवक्ता रेग्मीको रिट पठाए संवैधानिक इजलासमा


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश विना संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्न सक्ने वा नसक्नेसम्बन्धी विवाद संवैधानिक इजलासमा नै पठाएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रशासनिक टिप्पणी उठाइ संयुक्त इजलासमा रहेको अधिवक्ता डा। गणेश रेग्मीले दिएको उक्त रिटलाई संवैधानिक इजलासमा पठाएका बताइएके छ ।

प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भनी अधिवक्ता रेग्मीले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको इजलासले उक्त रिटको अन्तिम किनारा नलागेसम्म प्रधानन्यायाधीशविना संवैधानिक इजलास नबस्न अन्तरिम आदेश दिएको थियो । सो आदेशका कारण न्यायाधीश फुयाल आलोचित भएका थिए ।

अधिवक्ता दीपकविक्रम मिश्रले अधिवक्ता रेग्मीको सो रिट संवैधानिक इजलासमा पठाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सो निवेदनलाई प्रधानन्यायाधीश जबराले प्रशासनिक टिप्पणीमार्फत संवैधानिक इजलासमा पठाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस