आन्दोलनका कार्यक्रम फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आन्दोलनका कार्यक्रम फिर्ता


१७ कार्तिक २०७८, बुधबार


चरिकोट । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बुँदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थिए ।

आयोजनामा हाल ११४ अस्थायी र करारका कर्मचारी रहेको जनाइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए ।

लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ ।

सम्बन्धित समाचार : माथिल्लो तामाकोशीको विद्युत् उत्पादन बन्द गर्ने करार सेवाका कर्मचारीको चेतावनी

Tags :
प्रतिक्रिया दिनुहोस