प्रधानन्यायाधीश जबराले १५ न्यायाधीशका लागि तोके इजलास « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश जबराले १५ न्यायाधीशका लागि तोके इजलास


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (बुधबार) १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले ६ वटा संयुक्त र तीन वटा एकल इजलास तोकेका हुन् । कुल ९ वटा इजलासमा उनले ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै तोकेका छन् ।

एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राखेका छैनन् ।

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए ।

मंगलबार बैङ्किङ कसुरको मुद्दा पेसीमा चढेपछि न्यायाधीशहरूले कुनै पनि मुद्दा सुनुवाइ गरेनन् । त्यसैले बुधबार प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा तोकेनन् । बिहीबारदेखि भने चार दिन तिहार बिदा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस