कुमारी बैङ्कले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कुमारी बैङ्कले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले सेयरधनीहरूले ६ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

बैङ्कको २१ औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनस शेयर बापत लाग्ने कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति भएपछि साधारण सभाको छलफलमा समावेश गरिनेछ ।

प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र योग्य शेयरधनीले दाबी गर्न पाउनेछन् ।

सो बोनस शेयर जारी पश्चात् बैङ्कको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ हुनेछ ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म बैङ्कले कुल निक्षेप १५७ अर्ब १७ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड रुपैयाँ प्रवाह गरी सञ्चालन मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ तथा १ अर्ब ९७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस