प्रधानन्यायाधीशको राजीनामा माग गर्दै तेस्रो दिनको विरोध कार्यक्रम सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै तेस्रो दिनको विरोध कार्यक्रम सुरु


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम सुरु गरेका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने समय सीमाको आज अन्तिम दिन पनि कानुन व्यवसायीहरुले हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।

प्रधानन्यायाधीश जबराले विकृति, विसङ्गति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि एक घण्टा धर्ना दिँदै आएको छ ।

आज सम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने निर्णय नेपाल बार एशोसिएसनले गरेको छ ।

प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने अडान राख्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस