नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरु


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सुरु भएको छ ।

छाउनीस्थित रेन्जर गणमा नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सोमबारबाट सुरु भएको हो । नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले उक्त सैन्य अभ्यासको सुभारम्भ गरेका हुन् ।

सो समारोहमा नेपालस्थित अमेरिकी दूतावासका ‘अफिस अफ डिफेन्स को(अपरेशन (ओडीसी)का प्रमुखलगायतका सैन्य अधिकारीहरुको उपस्थित रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

मंसिर १४ सम्म चल्ने सैन्य अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका २० जना विशेष फौजको सहभागिता रहेको छ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं, पोखरा र अन्नपूर्ण वेश क्याम्पमा हुनेछ।

सैन्य अभ्यास पानी र हिमाली क्षेत्रमा गरिने उद्दारमा केन्द्रीत हुनेछ । नेपाली र अमेरिकी सेनाबीच जल र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्दारका विषयमा अभ्यास हुनेछ । अमेरिकी सेनाहरुले मुख्यतः पानी र हिमाली क्षेत्रमा फसेकाहरुलाई कसरी उद्दा गर्ने भन्ने विषयमा नेपाली सेनालाई प्रशिक्षित गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस