प्रधानन्यायाधीशद्वारा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा स्थगित ,न्यायाधीशहरूलाई सकारात्मक रेस्पोन्स « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीशद्वारा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा स्थगित ,न्यायाधीशहरूलाई सकारात्मक रेस्पोन्स


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा आज (सोमबार) स्थगित गरेका छन् ।

असन्तुष्ट न्यायाधीशहरूले हिजो (आइतबार) तीन सदस्यीय वार्ता टोली गठन गरेपछि प्रधानन्यायाधीश जबराले सकारात्मक रेस्पोन्स गरेका हुन् ।

हिजो न्यायाधीशहरूको बैठकले सपना मल्ल प्रधान, अनिल सिन्हा र मनोज शर्माको वार्ता टोली गठन गरेको थियो ।

त्यससँगै प्रधानन्यायाधीशले आज पेसी तोक्दा बन्दी प्रत्यक्षीकरणबाहेकका अरु मुद्दा स्थगित गरेका हुन् । बन्दी प्रत्यक्षीकरणका लागि ६ वटा इजलास गठन गरिएका छन् ।

न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका छन् । त्यससँगै प्रधानन्यायाधीश राणाले आफ्नो इजलास भने जारी राखेका थिए ।

आज उनले आफ्नो पनि इजलास नतोकेपछि न्यायाधीश र प्रधानन्यायाधीशबिच संवादको वातावरण बन्ने अपेक्षा छ ।

न्यायाधीशहरुले पेसी स्थगित गरेर केही दिन बिदामा बस्ने आशयको सन्देश प्रधानन्यायाधीशलाई पठाएको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस