पर्सामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्सामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


१५ कार्तिक २०७८, सोमबार


वीरगन्ज । जङ्गली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु भएको छ ।

मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पर्साको पटेर्वासुगौली गाउँपालिका-१ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

कात्तिक १२ गते राति १२ बजे उनलाई जङ्गली हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो ।

घटनास्थल मुचुल्कापछि शव पोस्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस