सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमै फर्काउन सर्वोच्चको आदेश « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमै फर्काउन सर्वोच्चको आदेश


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्किने भएको छ ।

सर्वोच्च अदालतले नेपाली सेनाका एक कर्मचारीमाथि लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाइ नियमि अदालतमा नै हुने गरी आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो ।

नियमित अदालतले सुनुवाइ गर्नुपर्ने मुद्दा जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाउने आदेश गरेपछि उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दिएको थियो ।

सहकर्मी न्यायाधीश र कानुन व्यवसायीबाट राजीनामाको दबाब खेपिरहेका प्रधानन्यायाधीश जबराले आइतबार उक्त मुद्दामा सुनुवाई गर्दै अन्तरिम आदेश जारी गर्नुका साथै विपक्षीसँग लिखित जवाफ पनि माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस