सुर्खेतबाट ब्राउन सुगरसहित ३ जना पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुर्खेतबाट ब्राउन सुगरसहित ३ जना पक्राउ


१४ कार्तिक २०७८, आइतबार


पक्राउ

सुर्खेत । सुर्खेतबाट प्रहरीले ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ९८ सुकुम्बासी टोलका १८ वर्षीय गणेश बि.सी, सोही नगरपालिका ९२ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाय (दुर्गे) र २३ वर्षीय बखत बि.क रहेका छन् ।

उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित चार हजार ४८० रुपैयाँ नगद समेत बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागू औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस