‘समयसापेक्ष शिक्षा प्रणालीमा परिवर्तन जरुरी’: मुख्यमन्त्री भट्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘समयसापेक्ष शिक्षा प्रणालीमा परिवर्तन जरुरी’: मुख्यमन्त्री भट्ट


१४ कार्तिक २०७८, आइतबार


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समयसापेक्ष शिक्षा प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

नेपाल प्राध्यापक सङ्घको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हिजो( शनिबार) धनगढीमा आयोजित ‘रिसर्च मेथोडोलोजी टेर्निङ’ र नेपालमा उच्च शिक्षाको अवस्था र चुनौती तथा सामुदायिक क्याम्पसहरुको अवस्था र चुनौती विषयक गोष्ठीको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले समय सान्दर्भिक शिक्षा प्रणालीलाई रुपान्तरण गर्नुपर्ने बताए ।

‘जुन प्रकारको शिक्षा दिइरहेका छौँ, त्यो शिक्षा हिजो कुनै समयमा काम लागेको थियो, त्यो अवस्थामा प्रविधिको विकास कम भएको थियो, चाहना कम थिए र आवश्यकता कम थिए । त्यस कारण त्यो काम लागिरहेको थियो’, उनले भने, ‘तर आज हामी त्यो भन्दा फरक तरिकाले प्रस्तुत हुन र रुपान्तरण गर्न सकेनौँ भने परिणाम दिन सक्दैनौँ ।’

मुख्यमन्त्री भट्टले पढिसकेपछि अथवा डिग्री गरिसकेपछि लोकसेवा पास गर्ने र जागिर गर्ने मात्रै हाम्रो पढाइको मिसन रहेको औँल्याए । उनले भने, ‘शिक्षामा व्यवसाय पनि गर्नुपर्दछ र त्यो व्यवसायलाई अगाडि बढाउनु पर्दछ, सानैबाट सुरु गरे पनि अगाडि बढ्न सक्छौँ भन्ने हाम्रो प्रणालीमा ध्यान हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस