आधिकारिक सूचना अब समयमै उपलब्ध हुन्छ : गृहमन्त्री खाँण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आधिकारिक सूचना अब समयमै उपलब्ध हुन्छ : गृहमन्त्री खाँण


१३ कार्तिक २०७८, शनिबार



काठमाडौँ । गृहमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गृहमन्त्रालयबाट प्रवाह हुने सूचना आधिकारिकरूपमा समयमै सम्प्रेषण हुने बताएका छन् ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले आधिकारिक व्यक्तिबाटै समयमै सूचना सम्प्रेषणको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘गृहमन्त्रालय मातहतका प्रशासन र सुरक्षा निकायमा राम्रो होस् भन्नका लागि सरुवामा केही ढिलाइ भएको छ, मापदण्ड र कार्यक्षमताका आधारमा कर्मचारीलाई जिम्मेवारी दिइने छ ।’

कार्यबोझ र चुनौती थपिए पनि कतिपय स्थान र निकायमा विगतमा भन्दा तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिने कार्यले कार्यसम्पादनमा तालमेल नभएको जनाउँदै उनले भने, ‘संसारभर सुरक्षाका नयाँ–नयाँ चुनौती थपिएको छ ।’

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र शान्ति सुरक्षा कायम गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिइएको बताए । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रालयबाट सम्प्रेषण हुने सूचना सहज र सरलरूपमा प्रवाह गर्न आफूहरु सदैव प्रतिबद्ध रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस