२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र !

अ+ अ-

बागलुङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ ।

सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्र समेत थियो । तर उनलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन् । यातायात व्यवस्था कार्यालय आगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो ।

‘मैले डाक्टरलाई भेटेन, आगाडिकै पसलबाट किनेर ल्याएको हुँ’, उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो, मनपरी शुल्क असुलेर पनि स्वास्थ्य चेकजाँच भएको छैन ।’ निरोगिताको प्रमाणपत्र किनेर सवारी चालक अनुमतिपत्र नविकरण गर्न आवेदनसँगै पेश गरेको उनको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र लिन र नवीकरणका लागि आवश्यकपर्ने निरोगिताको प्रमाणपत्रको व्यापार भएको छ । निरोगिताको प्रमाणपत्रमा भएको खेलाचीले असक्षम व्यक्तिले सवारी चालक अनुमतिपत्र पाएका र अयोग्यको अनुमतिपत्र सहजै नवीकरण भएको छ ।

‘कार्यालय छिर्न नपाउँदै भेटिएका व्यक्तिले डाक्टरसँग स्वास्थ्य परीक्षण नगराइ निरोगिताको प्रमाणपत्र दिए’, उनले भने, ‘त्यही कागज पेश गरेर सवारी चालक अनुमतिपत्र नवीकरण भयो।’ विचौलियाले चिकित्सकको दस्तखत गराएर पहिले नै निरोगिताको प्रमाणपत्र राखेका हुन्छन् ।

अनुसूचीमा विवरण भरेर तत्कालै निरोगिताको प्रमाणपत्र सहजै दिने गरेका छन् । बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका नागरिकले सेवा लिने यातायात व्यवस्था कार्यालय बागलुङको प्रवेशद्वारमै विचौलिया त्रिपाल टाँगेर बसेका भेटिन्छन् ।

सवारी साधन दर्ता, नवीकरण, रुट परमिट जस्ता कामका लागि सेवाग्राहीबाट जथाभावी र मनोमानी शुल्क असुल्ने गरेका बेनीका साजन पुनले बताए। ‘हामीले आफैँ कागजात तयार पारेर जाँदा कर्मचारीले वास्ता नै गर्दैनन्’, उनले भने, ‘छिटो र सजिलोका लागि जति खर्च लागे पनि विचौलीयाको सहयोग लिन बाध्य हुनुपरेको छ।’

आफैँले आवेदन भरेर जाने सेवाग्राहीले कर्मचारीले कामै नगर्ने गुनासो सेवाग्राहीको छ । आवेदनको फाराम भर्ने, कागजात तयार पार्ने काम गर्दै आएकाले लिने शुल्कको दररेट निर्धारण नहुँदा मनोमानी हिसाबले रकम असुल्ने गरेका छन् ।

तोकिएको ढाँचामा चिकित्सकले प्रमाणित गरेको निरोगिताको प्रमाणपत्र ल्याएर आउने सेवाग्राहीको काम रोक्न नमिल्ने यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापामगरले बताए ।

‘कार्यालयमा डाक्टरको दरबन्दी छैन । मेडिकल काउन्सिलमा दर्ता भएको नम्बर, नाम र चिकित्सकको दस्तखत भएको प्रमाणपत्र ल्याएर आउनेको काम रोक्न मिलेन’, उनले भने, ‘कहाँबाट कसरी निरोगिताको प्रमाणपत्र ल्याउँछन्, त्यो हामीलाई जानकारी हुँदैन ।’

हालै नयाँ भवनमा सरेकाले कार्यालयको संरचना र व्यवस्थापनमा सुधार गर्न बाँकी रहेको बताउँदै प्रमुख थापामगरले सक्षम सेवाग्राहीले कसैको सहयोगविना आफैँ आवेदन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको बताए ।

सवारी चालक अनुमतिपत्र, सवारी धनी पुर्जा नवीकरणलगायतको काम अनलाइनका माध्यमबाट सुरु गराउन लागिएको उनको भनाइ छ ।