आन्दोलनको कार्यक्रम तय गर्न नेपाल बारको बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आन्दोलनको कार्यक्रम तय गर्न नेपाल बारको बैठक सुरु


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाल बार  एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनको कार्यक्रम ल्याउने भएको छ ।

आन्दोलनको कार्यक्रम तय गर्नका लागि नेपाल बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि आह्वान गरेको गरेको थियो ।

नेपाल बारले समय नतोकी अल्टिमेटम दिएको तीन दिनपछि नै आन्दोलनको कार्यक्रम तय गर्नका लागि बैठक बसेको हो ।

नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले बैठकले आन्दोलनको कार्यक्रम तय बताइन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाको नेतृत्व गर्न असक्षम रहेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशसमेत उनले तोकेको इजलासमा बसेका छैनन् ।

नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुङ्ग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : बारले प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनको घोषणा गर्दै

Tags :
प्रतिक्रिया दिनुहोस